आजको मौसम : यी प्रदेशमा भीषण वर्षाको सम्भावना

admin

काठमाडौं, ५ भाद्र : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार शनिबार बिहान काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहेको छ। शनिबार दिनभर नै उपत्यकाको मौसम बदली भई मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिमा शाक्यले जानकारी दिइन्।

शाक्यका अनुसार शनिबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित भीषण वर्षाको सम्भावना रहेको छ। यस्तै‚ राति पनि देशभर सामान्य बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया