आजै लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, एमालेद्वारा सभा बहिष्कार

admin

काठमाडौं, ७ भाद्र : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले (आज) सोमबार विश्वासको मत लिने भएका छन् । सोमबारको प्रदेश सभाको पहिलो बैठक एमालेको नाराबाजीका कारण स्थगित भएको थियो । सोमबारकै अर्को बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विपक्षी एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले भने आफूहरूसँग छलफल नगरि एकाएक विश्वासको मत लिने कार्यसूची तय गरेको भन्दै सदन बहिष्कारको चेतावनी दिएका छन् । लुम्बिनीमा एमालेको सरकार ढालेर माओवादी, कांग्रेस, जनमोर्चा र जसपा मिलेर माओवादीका कुलप्रसाद केसीको नेतृत्वमा सरकार गठन गरेका छन् ।

विश्वासको मत पाउन ४१ सांसद चाहिनेमा सत्ता पक्षले आफूहरूसँग ४२ मत रहेको दाबी गर्दै आएको छ । तर एमालेले भने सांसदद्वय अजय शाही र विमला वली एमालेका सांसद रहेको र उनीहरूलाई दलले कारबाही गरेको भन्दै पदमुक्तको माग गर्दै सभा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया