justnep single

आज नेपाल आउँदै भारतीय विदेश सचिव

admin

काठमाडौं, मंसिर ११ :भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला आज नेपाल आउँदैछन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार नेपाल आउने कार्यक्रम छ। बिहान ११ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्।

उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ। श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए) ले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन्।

शुक्रबार हुने उक्त कार्यक्रममा नेपाल-भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे उनले भनाइ राख्ने एआइडिआइएले जनाएको छ। उनी शुक्रबार बिहान साढे १० देखि साढे ११ बजेसम्म उक्त कार्यक्रममा सहभागी हुनेछन्।

‘उहाँको मन्तव्य सार्वजनिक कूटनीतिलाई प्रचार गर्ने उद्देश्यको हुनेछ,’ एआइडिआइएका प्रमुख कार्यकारी सुनिल केसीले भने। यस कार्यक्रममा थिंक ट्यांकका व्यक्तित्व, राजनितिज्ञ, सरकारी एजेन्सीका कर्मचारी, कूटनीतिज्ञ, शैक्षिकका व्यक्तित्व, व्यापारी सहभागी हुनेछन्।

प्रतिक्रिया