आज मोतीराम भट्टको १५४औँ जन्मजयन्ती

admin

काठमाडौं, २२ भदौ : (आज) मंगलबार राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन काठमाडौंमा जन्मिएका उनको १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई उजागर गरेका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी प्रकाशनमा ल्याएका थिए । भट्टले भानुभक्त आचार्यको बालकाण्ड, रामायण, सम्पूर्ण रामायण र थुप्रै नेपाली भाषाका पुस्तक प्रकाशित गरेका थिए । उनका मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रह्लाद भक्तिकथालगायत कृति पनि महत्त्वपूर्ण छन् ।

प्रतिक्रिया