justnep single

आन्दोलन जारी राख्छौं, खातामा पैसा नआउँदासम्म ढुक्क हुन सकिँदैन : उखु किसान

admin

काठमाडौं, ६ पुस : उखु किसानले खातामा पैसा नआउँदासम्म आन्दोलन नरोक्ने बताएका छन् । चिनी मिलबाट पाउनुपर्ने भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिँदासम्म आन्दोलनलाई निरन्तरता दिने उखु किसानले बताएका हुन् ।

चिनी मिल सञ्चालक र सरकारले पटक-पटक झुटो आश्वासन दिएकाले यस पटक सरकारले मिति नै तोकेर भुक्तानीको जिम्मा लिए आन्दोलनको स्वरूप फेर्न सकिने किसानले बताएका छन् ।

उखुको बक्यौता रकम नपाएको भन्दै अघिल्लो आइतबारदेखि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका उखु किसानले चिनी मिल सञ्चालकबाट बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी सरकारले नलिएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका हुन् ।

सरकारसँग सोमबार पनि छलफल हुने र उखुको बक्यौता रकम भुक्तानी दिलाइदिने जिम्मेवारी लिन आग्रह गर्ने उखु किसान सङ्घर्ष समितिका सचिव गोपाल यादवले बताए । किसानको खातामा पैसा नआउँदासम्म सरकारको भनाइमा ढुक्क हुन नसक्ने पनि सङ्घर्ष समितिका सचिव यादवले बताए ।

प्रतिक्रिया