justnep single

उत्कृष्ट गीतकार अर्वाड प्रधानमन्त्री ओलीलाई

admin

काठमाडौं, ५ चैत्र : प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकार अवार्ड प्राप्त गरेका छन् । ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि उनलाई नीम अवार्ड प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारमा नीम अवार्डको प्रमाणपत्र ग्रहण गरेका छन् ।

प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको उक्त गीति एल्बममा मेलिना राई र शान्तिराम राईको स्वर तथा संगीत रहेको छ । अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाललगायत बालुवाटार पुगेका थिए ।

प्रतिक्रिया