justnep single

ओलीद्वारा संसद विघटन गर्ने सिफारिसपछि अध्यक्ष दाहाल पुगे बालुवाटारमा

admin

काठमाडौं, ५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । केहीसमय अघि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले संसद विघटन गर्न सिफारिस गरेका हुन् ।

यसैबीच, आइतबार बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि अन्योलमा परेको छ । घटनाक्रमले मोड लिएकाले आइतबारका लागि तय भएको बैठक अन्योलमा परेको दाहालको सचिवालयले जनाएको छ ।

यसअघि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न सहमत भए पनि अहिलेसम्म अध्यादेश फिर्ता हुन सकिरहेको छैन । अध्यादेश फिर्ताका लागि अहिलेसम्म औपचारिक जानकारी प्राप्त नभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया