justnep single

ओली देवता होलान् भन्ठानेको दानव भएर निक्ले: माधव नेपाल

रबि धिताल

धनकुटा : पूर्वप्रधानमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दावनको संज्ञा दिनुभएको छ ।

प्रतिनिसिभा विघटनविरुद्ध शनिबार धनकुटामा भएको कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ओलीलाई आफूले देउता भन्ठानेको भए पनि उनी दानव निक्लेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले केपी ओलीमा पार्टीको भावना, सामुहिकता र काम गर्ने अठोट नभएकै कारण अहिलेको स्थिति आएको आरोप लगाउनुभयो ।

विरोध सभा कुनै पद प्रतिष्ठाको लागि नभएर केपी ओली प्रवृति विरुद्धको लडाइँ भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया