justnep single

ओली र दाहालले जनताको रगत र पसिनामाथी मोजमस्ती गरिरहेका छन् (विचार )

admin
  • हेमराज थापा

प्रिय युवा मित्र नमस्कार
जब शाशकहरु निकम्मा हुन्छ्न तब देश अनावश्यक द्वन्द्वमा फस्दछ। युवाहरुले यो जान्न आवस्यक हुन्छ कि कुनै पनि देश आफैँमा शक्तिशाली र विकसित हुँदैन,देशलाई शक्तिशाली र बिकशित बनाउन देशका युवाहरुले ठोस परिस्थिति अनुसार आफुलाई ढाल्नु पर्दछ र निर्णय लिन सक्नुपर्ने हुन्छ। बिषेसतया तरल राजनैतिक अवस्था र निकम्मा शाशक भएका देशहरुमा बैदेशिक शक्तिहरुले लगातार चलखेल गरिरहन्छ्न र दशकौँ सम्म देशमा द्व’न्द्व र अशान्ती फैलिरहन्छ।एसिया बृत्तका अफगानिस्थान देखि अफ्रिकन सुडान ,कँगो र हाइटी सम्मको ईतिहास नियाल्ने हो भने कमजोर राजनैतिक धरातल र युवाहरुको ढुलमुले नितिले आज सम्म पनि ती देशहरुमा द्व’न्द र अशान्ति छ।

इतिहासको सँगिन मोडमा आज नेपालको युवाहरु छौँ,एकातिर राजनैतिक दलहरुको अक्रमण्यता र नालाएकिपना छ भने अर्कोतिर बैदेशिक दलाल विशेषतया भारतिय बिस्तारबाद र अमेरिकि हस्तक्षेपको कोपभाजनमा नेपाल छ। RSS, BJP र योगि आदित्य नाथ अनि तिनका गडफादर नरेन्द्र मोदिको रगतले लतपतियको मस्तिष्कको चक्र्ब्युहमा नेपाललाई पार्न खोजिँदैछ।

उत्तरतिरकी जादुयी सुन्दरीको चामत्कारिक करिस्माले नेकपारुपि बयालगाढाका दुईजना पाइलटहरु पनि बेला बेला ढल्ने गरेका छन। BRI देखि MCC सम्म आइपुग्दा प्रस्ट रुपमा धर्तिको स्वर्ग हाम्रो प्रिय नेपाललाई शक्तिशाली देशहरुको खेल मैदान बनाउने योजना देखिन्छ ।

प्रिय युवा मित्रहरु
जनताको कुरा सुन्नेछौँ र राष्ट्रवाद भन्दा ठूलो हाम्रो ज्यान हुनेछैन भनेर कम्युनिस्टको उद्योग खोलेर जनतासँग पानीजहाज, बिजुली ,रेल र बिकासको उधारो सम्झौता गरेका खड्ग ओलि र छबिलाल दहालले सम्झौता कार्यान्वयन गर्नुको साटो जनताको रगत र पसिना माथी मोज मस्ती गरिरहेका छन भने नेपाल र नेपालीको सपना र भबिष्यमाथी बला’त्कार गरिरहेका छन।

रातारात जनताको सेवक बनेका हात्तिछाप चप्पलेहरु अरबौँका मालिक बनेका छन । वाइडबडी,सुन, एनसीएल ,बालुवाटारको जग्गा,यति ,ओम्नि,कोरोना राहातको दश अर्ब हुँदै गोकुल बाँस्कोटा सम्म आइपुग्दा जनताको कर माथी भद्दा मजाक गर्दै एसियाको नम्बर एक भ्रष्टाचारि देश बनाएर तेसको नेतृत्व केपि ओलिले गरिरहेरका छन। शक्तिसाली दुइ तिहाइको जनमतलाई शाशकिय बुटले कुल्चिएर आफैँले रचेको आफ्नो नक्कली राष्ट्रबादलाई स्खलन गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी भारतीय शाशक मोदिलाई सुम्पिएका छन भने बाँकी रहेका पार्टी र तिनका नेताहरु पनि ओलितन्त्र सँगै सति गएका छन ।जसको परिणाम स्वरुप परिबर्तित डिजिटलाइजेसन सँसार संगै हुर्कियको हाम्रो पुस्ता आज राजनिती र नेता प्रती एकदमै निराश बनेको छ।

प्रिय युवा ,,
यति हुँदाहुँदै पनि हामिले यो कुरा जान्न आवस्यक छ की एदि सँसार परिवर्तन गर्नु छ भने सुरु आफैँबाट गर्नुपर्छ भन्ने एउटा महान भनाइ हामिले कहिल्यै पनि बिर्सनु हुँदैन।यो सँसारको ईतिहास हेर्ने हो भने,सँसारका महान मान्छेहरू कुनै पनि परिवारबाद वा लिगेसी बाट आएका छैनन,आदिम प्लेटो सुकरत ,एरिसटोटल देखि महात्मा गान्धी,नेल्सन मन्डेला,अब्राहम लिँकनको कुरा होस वा कार्ल माक्स,माओत्सेतुङ ,लेनिन,फिडेल वा अर्नेष्ट चे होलान इतिहासका यी महामानबहरु साधारण जनता थिय,नेपालकै पुस्पलाल श्रेष्ठ ,बिपि कोइराला वा मदन भण्डारिको कुरा होला वाहाँहरु सबै जना साधारण जनता हुनुहुन्थ्यो।आज नेकपा ले र कँग्रेसले पुस्पलाल,मदन ,बिपि र गणेशमानहरुको ब्याज खाइरहेको छ।

कोहि १४ बर्ष जेल बसेउँ भनेर ब्याज खाइरहेका छन,कोहि दश बर्ष जनयु’द्ध लडेउँ भनेर ब्याज खाइ रहेका छन अनि कोहि हाम्रो जिब्रोमा करेन्ट लगाइयो भनेर ब्याज खाइरहेका छन। कोहि पृथ्वीनारायण शाहा र राजा महेन्द्रको ब्याज हामिले खानु पर्छ भनेर लागिरहेका छन।

प्रिय युवा,
कुनै पनि तन्त्र र बादहरु भन्दा ठूलो कुरा देश र जनता हुन्छ भन्ने कुरा तपाइँ, म र हामिले बिर्सिनु हुँदैन। इतिहासको निकै कठिन मोडमा उभिएर हामिले हिजो देखि आज सम्मको राजनैतिक पाटोलाई नियाल्ने हो भने यहाँ कोहि पनि चोखो छैन, दुई सय चालिस बर्ष लामो बँसिय शासन पनि नेपालमा देखिएको हो। राणा शासन पन्चायत ,प्रजातन्त्र हुँदै गणतन्त्रसम्म आइपुग्दा देश र जनताले के पाय के पायनन भन्ने कुरा तपाईं हामिले मुल्याँकन गर्ने कि नगर्ने? आज निर्माण हुनुमा हिजोको महत्वोपुर्ण भुमिका रहन्छ,इतिहासको गर्बमा रहेका नमिता सुमिता हत्याकाण्ड देखि बिरेन्द्रको बँशनास काण्ड होस वा मदन जिबराज ह’त्याका’ण्ड होस,मैना सुनुवार प्रकरण होस वा प्रबिण गुरुङ ह’त्या का’ण्ड होस,साच्चिकै छातिमा हात राखेर सोच्ने हो भने शिबपुरी जंगल र भैरबनाथ गण भित्रका मानव कँकाल अनि चि’त्कारहरुको परिणाम नै आजको नागरिक सर्बोच्चता हो।

यदि हामिले निर्मम र रक्तरन्जित हिजोलाई बिर्सियौँ भने हामी एकतर्फी हुनेछौँ।बर्तमान निकम्मा र भ्रष्ट शाशकहरुले देश र नागरिकको इच्छा अनुसार काम गरेनन भन्दै गर्दा हिजोका शाशकहरुको शनक र नालायकिपनलाई हामिले बिर्सियौँ भने इतिहासको अपब्याख्या हुन जान्छ र आउँदो भोलिले पनि दुख पाउँदछ।

प्रिय युवा,,
समाज बिज्ञानको निएम सधैं प्रोग्रेसिभ हुन्छ।जसरी दर्शन, प्रबिधि र बिज्ञानमा निएमित परिवर्तन आएको छ ठिक त्यसै गरि राजनिती र दर्शन पनि परिवर्तित हुन्छ।आज हामी उत्तर आधुनिकताबादको इरामा छौं,नियो मार्क्सिस्ट इरामा छौ,पोस्ट डेमोक्रेसी र पोस्ट रिपब्लिक इरामा छौँ।यो सबै कुराको सार मल्टिपल रियालिज्म हुन्छ ।

यो युगमा आइपुग्दा नागरिक सर्बोच्चताको बिकल्प बँसबाद नभै अझ उच्चकोटिको नागरिक सर्बोच्चता हो। हामि त झन के भनिरहेका छौँ भने सिंहदरबार र बालुवाटारको लगाम जनताको हातमा हुनु पर्दछ। तपाइँ हामिले जान्नु पर्ने कुरा के हो भने एस.ई.ई. पास गरेर ११ /१२ मा पढ्ने हो। ११ /१२ मा फेल भयो भने १० कक्षामा आएर बस्ने हैन कि आफुलाई सुधारे मेहनेत गरेर ११ /१२ पास गरेर ब्याचोलरमा भर्ना हुने हो। त्यसै गरि हामिले चलाइराखेको एन्ड्रोइड मोबाइलमा खराबी आयो भने घरमा राखेको टेलिफोन सेट बोकेर हिँड्ने हैन कि एन्ड्रोइड फोनमा सुधार गरेर अझ राम्रो एन्ड्रोइड फोन आबिस्कार गर्ने हो।

बर्तमान मेडिसिनले काम गरेन भनेर धामी झाँक्रीलाई गुहार्न जाने हैन कि अझ नयाँ किसिमको इक्युपमेन्ट प्रयोग गरेर नयाँ मेडिसिनको आविस्कार गर्ने हो।यसको मतलब हिजोलाई भुल्नु पर्छ भनेको हैन, हिजोको प्रोग्रेसिभ बाटोका कारणले नै आज निर्माण भएको हुन्छ। पुरानो बँसि शाशन ,पुराना दल र पार्टिलाई त्यो समयमा वाहाँहरुले गरेको योगदानलाई धन्यवाद दिँदै ,आज अब हामी आफैँले युवातन्त्र स्थापना गरेर देशलाई अगाडि बढाउनु आजको आवस्यकता हो।एउटा महत्वपूर्ण कुरा हामिलाई कुलमान घिसिङ मन पर्नु हुन्छ,रबि लामिछाने,डक्टर गोभिन्द केसि,महाबिर पुन ,धुर्मुस सुन्तली,सन्दुक रुइत ,ज्ञानेन्द्र शाही,ज्वाला सँग्रौला धेरै मान्छेलाई मन पराउँछौ भने किन हामी वाहाँहरुलाई प्रत्यक्ष भोट हालेर देशको राष्ट्रपती बनाउने बाटोमा हिँड्न सक्दैनौँ?मानौँ पारस शाह र कुलमान घिसिङ वा रबि लामिछानेको तुलना गरेउँ भने को पात्र देशका लागि योग्य होला? यो कुरा हामिले राम्रो सँग बुझ्न सकेनौँ भने हामिले धोका पाउनेछौँ।हामिले पारस शहालाई देशको प्रमुख बनाउने वा कुलमान घिसिङ र रबि लामिछानेलाई? सँसदिय ब्यबस्थाले पनि कुलमान,रबि,गोभिन्द केसि,महाबिर पुन र तपाइँ हामिलाई न्याय दिन सकेन झन बँसिय शाशनले त एउटै बंसको मान्छेलाई देशको शासन सत्ता सुम्पिने गर्दछ।एउटा यस्तो लडाइँ लड्नु छ युवा मित्र जहाँ हामी सार्बभौमसत्ता नेपाल भित्र हामिले मन पराएको हाम्रो प्रिय पात्रलाई मुलुकको कार्यकारी प्रमुख चुन्न पाउँ।

जान्नै पर्ने अर्को कुरा प्रिय युवा मित्र बिध्यालयमा पढ्दा प्रतिस्पर्धा गर्नु पर्ने,जागिर खाँदा प्रतिस्पर्धा गर्नु पर्ने,खेलमा प्रतिस्पर्धा गर्नु पर्ने,सँसारमा सबै काम गर्दा प्रतिस्पर्धा गर्नु पर्ने अनि देश चलाउन प्रतिस्पर्धा नगर्नु पर्ने?लाटो होस ,गाँडो होस,गँजेडि होस ,बूढो होस बँसिय मान्छेले अनि पार्टि भए त्यसको अध्यक्षले मात्रै देशको प्रमुख हुनु पर्छ भनेर भन्नू कति सम्म न्याय र तर्क सँगत होला यो उत्तरअधुनिकताबादी युगमा?

प्रिय युवा मित्र,,
छातिमा हात राखेर भनौँ र सोचौँ आज हामी कसका लागि लड्दै छौँ?कसका लागि नारा लगाउँदै छौँ?कसका लागि जिन्दाबाद र मुर्दाबाद भन्दै छौँ?कसका लागि झण्डा उठाउँदै छौँ?भोलि कुनै दिन तपाईं हामी र हाम्रो घरको कोहि मान्छे उत्कृष्ट भयो,अब्बल जन्मियो वा जन्मियौँ भने के हामी देश चलाउने स्थानमा हुनेछौँ?हामिले बोकेको झण्डाले के हामिलाई सर्बोच्च स्थानमा पुगाउने छ?के हामिले चाहे अनुसार बिकाश पाउनेछौँ?के भ्रष्टाचार हामिले चाहे अनुसार निर्मुल हुनेछ?के हामिले बिदेश जानू पर्ने छैन? के हाम्रो शिक्षा ,स्वास्थ्य र रोजगारिको जिम्मा लिइने छ?हामिले जान्नै पर्ने कुरा के हो भने केही कुण्ठाले भरिएका बुद्धिजीवी जसले राजदुत पाएनन,जसले सँबैधानिक आयोगमा नियुक्ती पायनन सार्बजनिक पद धारण गर्न पाएनन तिनिहरुको उक्साहटमा लागेर जिन्दाबाद मुर्दाबाद भन्नुको तात्पर्य के हुनेछ? भ्रष्ट पार्टीहरुसँग लड्न नसकेर अरुलाई हारगुहार गरिरहेका उमेरले डाँडो काटिसकेका अनि मर्नु भन्दा अगाडि जसरी पनि मन्त्री पड्काउने र राज्यको नियुक्ति खाने लोभ पालेकाहरु अरुको बैसाखिको साहारामा हिँड्न खिजिरहेका छन अनि हामी तिनिहरुकै उक्साहाटमा जिन्दाबाद मुर्दाबाद भन्दै समय खेर फालौँ?हाम्रा बाजेले पनि जिन्दाबाद मुर्दाबादमै समय खेर फाले,बाहरुले पनि जिन्दाबाद मुर्दाबादमै समय खेर फाले ,अनि हामी पनि जिन्दाबाद मुर्दाबादमै समय खेर फालौँ त?तन्त्र भन्दा पनि नीति र असल ब्यक्त्तित्वका कारणले देश बिकसित हुने हो।

राजतन्त्र ,राणातन्त्र,पन्च्याततन्त्र,लोकतन्त्र,गणतन्त्र सबै तन्त्र हेरिसकेको हैन र हामिले ?हाम्रो के हाल भयो?हात लाग्यो शून्य , हामिले के पायौँ?।तन्त्र भन्दा ब्यक्तिको सोच र नीति ठूलो हो भन्ने कुरा हामी मलेसिया,सिँगापुर,कोरिया,अरबिएन देश र चाइना बाट सिक्न सक्छौं,जसले छोटो समयमौ आफ्नो देश र नागरिकलाई सँसारमै शक्तिशाली बनाए।हाम्रो देशका विभिन्न तन्त्रहरुले, बँसबादिहरुले आज सम्म के गरे?हामिलाई झण्डा बोकाउनेहरुलाई प्रश्न सोध्ने कि नसोध्ने?आफ्नो क्षेत्रमा अब्बल कुलमान,रबि,डक्टर केसि,सुन्दुक रुइत,धुर्मुस सुन्तलिहरुको टिमलाई मुलुकको कार्यकारी किन नबनाउने?

सँसदबादी राजनीति गर्ने पार्टिले त स्विकारेनन स्विकारेनन अहिले सडकमा नागरिक सरकार र बँसबादको समर्थन गर्नेहरुले किन सविकार्न नसकेको ?पारस शाहा र बुढा भैसकेका पुर्ब राजालाई मुलुकको प्रमुख बनाउन दौडिनेहरुले कुलमान ,रबि,महाबिर पुन,डक्टर केसि,धुर्मुस,ज्ञानेन्द्र शाहीहरुलाई हेप्न मिल्छ?नजर अन्दाज गर्न मिल्छ?अनि हामी युवा कसका लागि नारा लगाइरहेका रहेछौँ? कसका लागि बोलिरहेका रहेछौँ? प्रिय मित्र हामी बेरोजगार छौँ यसको मतलब यो हैन कि हामिलाई कसैले जिन्दावाद मुर्दाबाद भन्ने नारा लगाउन प्रयोग गरोस,हामी गरिब छौँ यसको तलब यो हैनकी कसैले हामिलाइ आफ्नो निहित स्वार्थका लागि प्रयोग गरोस, हामीसँग बाइकहरु छैनन यसको मतलब यो हैनकी कसैले हामिलाई आफ्नो स्वार्थका लागि प्रयोग गरोस, हाम्रो घरमा मीठो खान पाक्दैन यसको मतलब यो हैनकी कसैले आफ्नो लागि जिन्दाबाद मुर्दाबाद भनाउन हामिलाई भाडामा लगोस र होटेलामा रक्सी मासु खुवाएर हाम्रो स्वाभिमान किनोस।प्रिय युवा मित्र यो हामिले जान्नै पर्छ कि हाम्रो जन्म कसैको लागि जिन्दाबाद मुर्दाबाद भन्नका लागि भएको हैन,कसैको स्वार्थ पुरा गर्नका लागि बेचिनका लागि हाम्रो जन्म भएको हैन।कसैले हाम्रो गरिबी,हाम्रो जवानी र हाम्रो भाग्य खरिद गर्नका लागि हाम्रो जन्म भएको हैन।

प्रिय युवा
अब हामिले हाम्रो भविस्यका लागि,हाम्रा सुन्दर सपना साकार पार्नका लागि,हाम्रो सुन्दर भोलिका लागि,हाम्रो आउँदो पुस्ताको लागि अनि स्वाधिन नेपाल निर्माणका लागि हातेमालो गर्न आवस्यक छ।अब हामिले हाम्रा लागि लड्न आवस्यक छ,हामिले कसैका लागि जिन्दाबाद भन्नू छ भने त्यो नेपाल र हाम्रा लागि छ।कसैको लागि झण्डा उठाउनु छ भने त्यो हामी र देशका लागि उठाऔँं।बरु १०औँ बर्ष बाइक नचढौँ,१० औँ बर्ष रेस्टुँरामा खाना नखाउँ, १०औँ बष बिदेश नजाउँ,१० औँ बर्ष लडौँ तर हामी हाम्रा लागि लडौँ,हाम्रो भोलिका लागि लडौँ,देशको स्वाधीनता र बिकाशका लागि लडौँ।

के हामी हाम्रा लागि लड्न सक्छौं ? के हामी अरुको बौसाखिको शहारामा हिँड्न छोडेर हामी आफ्नो खुट्टामा उभिएर हिँडन सक्दैँनौँ?कुनै पनि तन्त्र र बादको पछाडी लाग्न छोडेर युवातन्त्र र नेपालवाद बोकेर आफू माथी बिस्वास गरेर हाम्रो देश र हामी मान्छेका अनन्त सपनाहरूलाई काँधमा बोकेर अगाडि बढ्न सक्दैनौँ र।जनताको छोरो,काम गर्ने मान्छेलाई देशको राष्ट्रप्रमुख बनाउने राजनैतिक बिचारका लागि लड्न सक्दैनौँ?

कार्यकारी निर्बाचित राष्ट्रपति जसको लगाम ( right to recall and reject)हाम्रो (जनता) हातमा होस।भ्रष्टाचारि र नाबालिका बलात्कारी हत्यारालाई मृत्यु दण्डको ब्यबस्था गर्नका लागि लड्न सक्दैनौँ?शिक्षा, सवास्थ्य र रोजगारी राज्यको अनिवार्य दयित्व हुनेछ भन्ने गरि संविधान संशोधन गर्नका लागि लड्न सक्दैनौँ।कुलमान घिसिङ,रबि लामिछाने,डक्टर गोभिन्द केसि,महावीर पुन,सिताराम कट्टेल जस्ता ब्यक्तिहरुलाई देशको निर्बाचित शक्तिशाली रास्ट्रपति बनाउने अधिकार ल्याउनका लागि लड्न सक्दैनौँ?हामिले कहिले सम्म अरुका लागि लड्ने?कहिल्यै राणाका लागि लडेउँ,कहिल्यै राजाका लागि लडेउँ,कहिल्यै केपि ओलिका लागि,कहिल्यै प्रचण्डका लागि,कहिल्यै देउबाका लागि लडेउँ अनि हामि र देशले के पायौँ?हामी हाम्रा लागि कहिले लड्ने?कृपया मलाई भनिदिनु होला हाम्रो देशको बिकाश,हाम्रो देशको माटो ,हाम्रो शुन्दर भोलि अनि हामी आफ्नै लागि चाहिँ कहिले लड्ने ?किन नलड्ने? यति भन्दै गर्दा कतिपयलाई नराम्रो लाग्न सक्छ तपाईंँहरु कतिलाई गाली गर्न मन लाग्ला ,गाली गरेरै कमेन्ट गर्नु होला त्यो सबै म सहनेछु किनकी यो मैले स्विकार्न सक्नु पर्छ।

मेरो सबै बिचार सहि छ भनेर भन्दिन मेरो भन्दा सुन्दर राम्रो र मननयोग्य कुरा तपाईं सँग पनि हुन सक्छ ,त्यो तपाईं भित्र रहेको राम्रो कुरा सेयर गरिदिनु होला।हामी भन्दा माथी,हाम्रा तन्त्र र वाद भन्दा माथी,केपि ओलि ,प्रचण्ड देउबा,बाबुराम र पुर्ब राजा भन्दा माथी देश र जनता छन,देशको सवाधिनता र बिकाश छ,नेपाल र नेपालिहरुको सपना कुनै पनि तन्त्र र वाद भन्दा माथी छ।अब यो जिम्मेवारी युवाको हो हामिले कसका लागि लड्ने?किन लड्ने ?जो जसले पढ्दै हुनुहुन्छ कृपया युवाहरुले कमेन्ट गर्नुहोला अनि अरु युवालाई पनि प्रतिक्रिया दिन सहयोग गर्न सेयर गरिदिनु होला।

तपाई सबैलाई सम्मान सहित
तपाइँको शुभचिन्तक
हेमराज थापा
त्रिभुवन विश्वविद्यालय ,किर्तिपुर।

प्रतिक्रिया