justnep single

ओली समूहले निकाल्यो काठमाडौंमा मोटरसाइकल र्‍याली (भिडियोसहित)

admin

काठमाडौं, २१ माघ : नेकपा ओली समूहले काठमाडौं उपत्यकामा मोटरसाइकल र्‍याली निकालेको छ । माघ २३ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको ओली समूहले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्‍याली निकालेको हो । र्‍यालीमा सहभागीहरुले प्रधानमन्त्री समेत रहेका ओलीको बडेमानको तस्बिर बोकेर घुमाएका थिए ।

ललितपुर र काठमाडौंको सीमा क्षेत्र बालकुमारी पुलबाट सुरु भएको मोटरसाइकल र्याली सातादोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली त्रिपुरेश्वर-एनएसी-जमलचोक-दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया