करेन्ट लागेर एकको मृत्यु

राष्ट्रिय समाचार समिति

कावासोती, २३ कात्तिक:  नवलपरासी पूर्वनवलपुरको गैँडाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर मध्यविन्दु नगरपालिका–६, बस्ने २४ वर्षीय मतिराम महतो थारूको मृत्यु भएको हो ।

आज गैँडाकोट नगरपालिका–१०, नमूना चोकस्थित भित्री सडकखण्डमा पराल बोकेको ट्रकमाथि बस्नुभएका मतिरामलाई करेन्ट लागेको हो ।

ना२ख ९०७८ नंको पराल बोकेको ट्रकमाथि बस्नुभएको मतिरामलाई बिजुलीको तारले छुन गई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते हुनुभएका मतिरामलाई उपचारका लागि अस्पतालतर्फ लैजाँ

प्रतिक्रिया