काठमाडौंमा आज रातिदेखि अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न नपाइने

admin

काठमाडौं, १४ असोज : जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भीडभाड, मेला र महोत्सव गर्न रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भीडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ ।

अर्को आदेश नभएसम्मका लागि यस्तो व्यवस्था लागू गरिएको हो । कोरोना भाइरसको संक्रमण कायमै रहेकाले नजिकिँदै गरेका चाडपर्वहरु पनि साङ्केतिक रुपमा मात्रै मनाउन आदेशमा भनिएको छ ।

प्रतिक्रिया