काभ्रेका प्रजिअ पनि कोरोना भाइरसबाट संक्रमित, प्रशासन कार्यालय बन्द

रबि धिताल

काभ्रे, १७ कात्तिकः काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेले पनि कोरोना भाइरसबाट संक्रमित हुनुभएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडाले एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेल कोरोना संक्रमित भएको जानकारी गराउनुभएको हो ।

प्रमुख जिल्ला अधिकारी नै संक्रमित भएपछि प्रशासन कार्यालय आफ्नो सबै सेवा स्थगन गरेको छ । भोली देखि कात्तिक २४ गतेसम्म कार्यालय बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।

कार्यालयका अन्य कर्मचारीहरुमा समेत कोरोना भाइरससँग मिल्न विभिन्न लक्षण देखिएको बताइएको छ । प्रमुख जिल्ला अधिकारीको सम्पर्कमा पुगेको कर्मचारीहरु समेत आइसोलेसनमा बस्नु पर्ने भएकाले कार्यालयको स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खतिवडाले बताउनुभयो ।

प्रतिक्रिया