काभ्रेको धुलिखेलमा कांग्रेसको निर्वाचन स्थलमा तालाबन्दी

admin

काभ्रे, ९ असोज : काभ्रेको धुलिखेल नगरपालिकामा कांग्रेसको निर्वाचन स्थलमा तालाबन्दी गरिएको छ । संस्थापनले पक्षले बिहानै निर्वाचन स्थल धुलिखेल पार्टी प्यालेसमा तालाबन्दी गरेको हो ।

नगरसभा मञ्जु कुमार कोजुको नेतृत्व टोलीले तालाबन्दी गरेको हो । कोजु जिल्ला सभापति मधु आचार्य प्यानलबाट नगरसभापतिका उम्मेदवार हुन् । हिजो राति अबेर सभापति मधु आचार्यले पत्रकार सम्मेलन गरेर आज तय गरेको पालिका अधिवेशन रोक्न आग्रह गर्नुभएको थियो ।

तालाबन्दी गर्दै नगर सभापतिका उम्मेदवार कोजुले फेसबुकमा लेखेका लेख्नुभएको छ ‘आज हुने नगर अधिवेशन लोकतान्त्रिक मुल्य मान्यता बिपरित हुने भएकोले साथै नेपाली कांग्रेस जिल्लाका शिर्ष नेताहरुको निर्णयले आजको निर्बाचन नगर्ने र केही दिन पछि गर्ने गराउने जानकारी प्राप्त भएको निर्णयलाई बेवास्ता गरि एक पक्षीय ढंगले जबरजस्ती निर्बाचन गराउने देखिएको हुनाले हामी सम्पूर्ण क्रियाशील साथिहरुले बिरोध गर्दै निर्बाचन स्थलमा ताला बन्दि गरिदै ।

 

प्रतिक्रिया