justnep single

काभ्रेको बेथानचोकमा लडेर एक युवकको ज्यान गयो

admin

काभ्रे, ८ चैत : काभ्रेको बेथानचोक गाउँपालिका स्थित नाराणस्थानमा घुम्न गएका धुलिखेलका एक युवकको लडेर मृ’त्यु भएको छ । धुलिखेल नगरपालिका ४ का २३ वर्षिय निरोज रिजालको लडेर मृ’त्यु भएको हो । रिजाल सहित ५ जना शुक्रबार नारायणस्थान घुम्न गएका थिए ।

शनिबार विहान ४ बजेतिर पिसाव फेर्न गएका उनी भिरबाट लडेका हुन् । स्थानीयले उद्धार गर्न नसकेपछि धुलिखेल स्थित कालिजंग गणबाट उद्धार टोली गएको गणपति एवं प्रमुख सेनानी मिलन थापाले जानकारी दिए । रिजाल काठमाण्डौं विश्वविद्यालयको स्कुल अफ साइन्सको डिन कार्यालयमा कार्यरत थिए ।

काभ्रेकै अग्लो स्थान नारायणस्थानमा मनोरम दृश्यावलोकन गर्न जानेको संख्या वर्षेनी बढ्दै गएपनि स्थानीय सरकारले उक्त स्थानलाई सुरक्षित बनाउन नसक्दा दुःखद घ’टना घट्ने गरेका छन् । यसअघि पनि एक विद्यार्थीको लडेर मृ’त्यु भएको थियो भने एक जना हराएका छन् ।

प्रतिक्रिया