काभ्रेमा आज थप ४६ जनामा कोरोना संक्रमण, १ जनाको मृ’त्यु

रबि धिताल

काभ्रे : कोरोना भाइरसका कारण जिल्लामा आज थप एक जना मृ’त्यु भएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिकाका ७० बर्षिय एक जना पुरुष रहेका छन् । उहाँको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

योसँगै अन्य जिल्लामा कोरोना भाइरसका कारण मृ’त्यु हुनेका संख्या २४ पुगेको छ । जस मध्ये १५ जना पुरुष र ९ जना महिला रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यसैगरी आज जिल्लामा थप ४६ जनामा कोरोना भाइरस संक्रमा पुष्टि भएको छ । पुष्टि हुनेमा बनेपा नगरपालिकाका १० जना महिला र ९ जना पुरुष रहेका छन् ।

यसैगरी नमोबुद्धका ६ जना महिला र ६ जना पुरुष, धुलिखेलका ५ जना महिला र ३ जना पुरुष, पनौतीका ३ जना पुरुष र मण्डनदेउपुरका १ जना पुरुष रहेका छन् । त्यसैगरी भुम्लु गाउँपालिकाका १ जना पुरुष र १ जना महिला र रोशी गाउापालिकाका १ जना महिला रहेका छन् ।

योसँगै जिल्लामा संक्रमितको संख्या १ हजार ९ सय ५० पुगेको छ । हाल जिल्लामा ५ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै अस्पताल आइसोलेसनमा ३४ जना छन् र होम आइसोलेसनमा ९ सय ९८ जना रहेका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाले बताउनुभयो ।

प्रतिक्रिया