justnep single

काभ्रेमा आज ५८ जना कोरोना संक्रमित थपिए, थप एकको ज्यान गयो

रबि धिताल

काभ्रे, मंसिर ८ : काभ्रेमा आज ५८ जना कोरोना भईरसका संक्रमित थपिएका छन् । आज थपिने संक्रमित मध्ये बनेपा नगरपालिकाका ८ महिला र १४ पुरुष,धुलिखेल नगरपालिकाका ३ महिला र ६ पुरुष, पनौती नगरपालिकाका ४ महिला र ९ पुरुष रहेका छन् ।

यस्तै पाँचखाल नगरपालिकाका २ महिला र ३ पुरुष, नमोबुद्द नगरपालिकाका १ महिला र १ पुरुष तेमाल गाँउपालिकाका २ पुरुष,रोशी गाँउपालिकाका १ पुरुष, बथानचोक गाँउपालिकाका २ महिला र १ पुरुष र चौरी देउराली गाँउपालिकाका १ पुरुषमा भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या २ हजार ४ सय २१ पुगेको छ ।

यस्तै जिल्लाका संक्रमित मध्ये आज ५० जना डिस्चार्ज भएका छन् । हाल सम्म जिल्लाका संक्रमित मध्ये एक हजार नौ सय ७१ जना निको भएर घर फर्कीएका छन् । अझै जिल्लामा ४ सय १५ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये अस्पताल आइसोलेसनमा १७ जना र होम आइसोलेसनमा ३ सय ९८ जना रहेका कार्यालयका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।

यसैबिच भाईरसको संक्रमण बाट थप एकको ज्या’न गएको छ । चौरीदेउराली गाँउपालिकाका ७० वर्षका पुरुषको शिर मेमोरियल अस्पतालमा ज्या’न गएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । ति पुरुषमा कार्तिक ४ गते संक्रमण पुष्टि भएको थियो । यो संगै जिल्लामा भाईरसको संक्रमण बाट ४९ जनाको ज्या’न गएको छ । जसमध्ये ३५ जना जिल्लाकै हुन् भने १४ जना अन्य जिल्लाका हुन् ।

प्रतिक्रिया