काभ्रेमा ९० जना कोरोना संक्रमित थपिए, ७७ जना निको भए

रबि धिताल

काभ्रे, १७ कात्तिकः काभ्रेमा एकैदिन ९० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ९० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

आज थपिएका संक्रमितमा सबैभन्दा बढी धुलिखेल नगरपालिकाका १९ महिला र १८ जना पुरुष छन् । त्यस्तै बनेपा नगरपालिकाका २० जना पुरुष र १४ जना महिला छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पनौती नगरपालिकाका महिला र पुरुष ४ ४ जना, मण्डनदेउपुर नगरपालिकाका ३ जना महिला, २ जना पुरुष, पाँचखाल नगरपालिका ३ जना महिला र एक जना पुरुष र नमोबुद्ध नगरपालिकाका महिला र पुरुष १ १ रहेका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १७७३ पुगेको छ ।

जिल्लामा आज ७७ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या १२२६ पुगेको छ । जिल्लामा हालसम्म २१ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या ५२६ रहेको छ । अस्पतालको आइसोलेसनमा ४९ छन् भने ४७७ होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया