justnep single

कृषि विकास बैंक ह्याक प्र’करण : थप एक प’क्राउ

admin

काठमाडौं : कृषि विकास बैंकको सूचना प्रणाली ह्याक गरी रकमान्तर गर्ने थप एक जना प’क्राउ परेका छन्। महानगरीय अ’परा’ध महाशाखाको टोलीले धादिङ रुबिभ्याली गाउँपालिका-१ का ५४ वर्षीय खम्ब घलेलाई प’क्राउ गरेको हो। उनलाई महाशाखाको टोलीले आइतबार स्वयम्भूबाट प’क्राउ गरेको हो।

गत वर्ष असोज ७ गते कृषि विकास शाखा कार्यालय न्युरोडमा सुनिता श्रेष्ठको खातामा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको थियो। सो रकमबाट ९ लाख ५० हजार भुक्तानी गरेका थिए। उनले श्रवन कुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेका थिए।

शंका लागेर सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ लगायतका व्यक्तिहरूको खातामा बैंकको मौज्दातबाट विभिन्न मितिमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो। उक्त घ’ट’नाको अनुसन्धान गर्दा गत वर्ष श्रवनकुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जा समेतलाई प’क्राउ गरेको थियो।

प्रतिक्रिया