justnep single

‘कोही कसैले राहत ल्याइदिन्छ की भन्ने आशामा सुकुम्बासी बस्ती’

admin
  • दल मर्दन कामी
    केन्द्रिय सदस्य जसपा नेपाल

काठमाडौं, १६ जेठ : गरिब सुकुम्बासीसँग कोरोना हार्दै छ । कोरोना महामारीलाई त जित्दैछौ अब भोकले मरिने अवस्थामा पुग्दैछौं । तर कोरोनाको बाहानामा राजनीति सत्ता र शक्ति बचाउका लागि रणनीतिक रूपमा लगाइएको स्वास्थ संकटकालले भने भोकभोकै मर्ने अवस्था । हामी बलियो छौं रोगले हैन हामी भोकले मर्दैछौं ।

कोरोनाबाट पीडित थापाथलीमा सुकुम्बासीका रूपमा बस्दै आउनुभएका उत्पीडित सुकुम्बासी बस्तीका मुख्यसचिव मीन कुमार मगरले भन्नुभयो मेरो श्रीमतीलाई टाउको दुख्ने ज्वरो आउने खोकी लाग्ने भएपछि कोरोना चेक गराउन लगे पोजेटिभ आयो । हामीसँग पैसा थिएन कहाँ जाउ के गरौं हस्पिटल गएर उपचार गरौं पैँसा छैन मनमा अनेकौं कुरा सोचेर मरेपनि बाचेपनि जे हुन्छ आफ्नै घरमा (छाप्रामा)नै बसौ भनेर आयौं र आफ्नो घरमा सपरिवार एकैसाथ बस्न बाध्य भयौं ।

आज २२/२५ दिन बितिसकेको छ हाम्रो भाग्य भनौं या दुर्भाग्य हामी सपरिवार कोरोनाबाट निको भएका छौं तर दिनानु दिन ज्यालादारी गरेर खानेकुरा जुटाएर स-परिवार बाचेका थियौं लकडाउनको कारण कहिं जाने केही गर्ने अबस्था छैन अब खानालाई समस्या भएको छ । कोरोनालाई जितेका त छौं तर अब भोकले मरिन्छकी भन्ने चिन्ताले पिरलेको छ भन्नुहुन्छ ।

त्यसैगरी यसै बस्तीका सचीव गोपाल पौडेलको पनि यस्तै कुरा आयो उहाँ भन्नुहुन्छ हामी १३ जनाको दुई परिवार एकै स्थानमा छौं । दुस्खको कुरा हामी स-परिवार एकै ठाँउमा बसिरहेका थियौं ७५ वर्षिय बृद्धअवस्थामा रहनुभएका सासु हजुर आमा हामी सँगै हुनुहुन्थ्यो । हामी धेरै छौं हामीबीच कसैलाई कोरोना भयो भने हजुरमालाई सर्छ र गाह्रो बनाउँछ भनेर अलि छुट्टै राखौं भनेर आफन्तका पठायौं दुःखद कुरा कहाँबाट कसरी हजुरामालाई कोरोना लागेछ हस्पिटलमा उपचारका लागि बेडको खोजी गर्दागर्दै घुमाउँदा घुमाउँदै सहि उपचार नपाएर आमा बित्नुभएछ ।

त्यही समय सासुआमालाई निमोनिया साथै कोरोना पनि भो साथै हामी प्राय जसो परिवारलाई पनि कोरोना भयो ससुराबुवा र दुई नानिबाबु देखि बाहेकलाई सासुआमालाइ केही दिन हस्पिटल राखेउ तर आमाको उपचारमा साली बैनी र म संसगै लाग्यौं आमालाई बोक्नु उचाल्नु हस्पिटलमा हेरचाह खाना दिने खाने गर्‍यौं आमालाई स्याहार सुसार गर्दा हामीले अलिकति पनि शंका लिएनौं डर त्रास लिएनौं हामीलाई पनि कोरोना भो तर सामान्य रूपमा बसेऔं खासै केही भएन । गाउँमै होटेलका रूपमा खाना खाजा बनाउदै परिवार पाल्दै आएको नरेन्द्र सिवाकोटी भिमा सिवाकोटी उहाँको सपरिवारलाई पनि कोरोना पोजेटिभ देखियो ।

आर्थिक अभावकै कारण हस्पिटलमा उपचार गराउने क्षमता नभएकाले सपरिवार एकै स्थानमा रहेर सामान्य तातोपानी र सिटमोल खाएर ज्यान बचाएको अनुभव बताउँदै अब कोरोनाबाट त बाचियो काम गर्न सकिएको छैन खानेकुरा सकिन लाग्यो रोगलेत बल्लतल्ल बाचियो खाना नपाएर चै मरिएला झै भएको छ । विगत सोह्र वर्ष देखि थापाथली स्थित प्रसुतीगृहको पछाडी खोला किनारामा सुकुम्बासीका रूपमा विभिन्न काममा ज्यालादारी काम गर्दै आफ्नो परिवार पाल्दै आएका १६० परिवार एकाअर्का सँग जोडिएको कम्जोर होडिङबोरको बेरावारामा बनाइएका घर (छाप्रा)मा करिब एघार सयको हाराहारीमा मानिस हरु बसोबास छन् भने कोरोना महामारीले बस्तीमा सत्तरी प्रतिसत मानिसलाई रुघाखोकी ज्वरो आउने टाउको दुख्ने वाकवाकी लाग्ने जस्ता समस्याले ग्रसित छन् उनीहरु बीच एकाध बाहेक कसैले पनि कोरोना चेक गराएका छैनन् ।

यसैगरी काठमाडौं त्रिपुरेश्वर बङ्सीघाटमा २५ वर्षदेखि सुकुम्बासीका रूपमा बस्तै आएका करिब २५० परिवारको पनि कथन उस्तै छ बस्तीका अध्यक्ष दिपक कुवर भन्नुहुन्छ प्राय जसो प्रत्येक घरका मानिसलाई ज्वोरो आउने वाकवाकी लाग्ने टउको दुख्ने भयो हस्पिटल गएर चेकजाँच गर्ने र उपचार गर्ने कुरै भएन कारण हस्पिटलमा बेड नपाउने र उपचारमा ढिला सुस्ती डरले पैसा हुनेले पनि एकाध बाहेक अधिकांशले चेकजाँच गराएनन भने पैसा नहुनेको जचाउने कुरै भएन ।

अध्यक्ष कुवर भन्नुहुन्छ पहिलो कोरोनाकै समयमा जडिबुटी हस्पिटल नरदेवी काठमाडौंले कोरोना टि भनेर निकालेको सूचना पाएका थियौं अधिकांश बिमारीले त्यही ल्याएर खाए अहिले प्राय निको भैसकेको छ तर काम नभएकोले प्राय सबैलाई कोरोना बाट त बाचियो अब के खाएर बाच्ने भन्ने चै हुदैछ केही अभावमा परेकालाई साथीभाइ चिनजान साथीहरू कहाँ हारगुहार गरेर राहत जुटाएर दिएकाछौ तर त्यो पनि सक्न लागे कसैले काम गर्न पाएका छैनन् लकडाउन आज झन कडा गरेको छ रोगले भन्दा पनि भोकले मर्ने चिन्ता बढेको सुनाउँनुहुन्छ ।

त्यस्तै भक्तपुरको मनहरामा सुकुम्बासीमा बसोबास गर्दै आएकी सीता खाती भन्नुहुन्छ करिब नौसय घर बसोबास छौ प्राय जसो मान्छेलाई रुघाखोकी लाग्ने हाछिउ आउने टाउको दुख्ने भएका छ्न प्राय घरभित्रै बसेका छौं दिनदिनै काम गरेर खानुपर्ने अबस्थाका मानिस भोकभोकै मर्ने अवस्थामा पुगेको बताउँनुहुन्छ । यसैगरी ललितपुर बालकुमारी सुकुम्बासी बस्तीमा तिस घर सुकुम्बासी छन् यस बस्तिका अध्यक्ष रेशम लिम्बुले पोहोर त केही साथीहरूले राहतको व्यवस्था गरिदिनुभएको थियो अहिले कोहि कसैले सहयोग गर्नुभएको छैन रोग भन्ने कुरात सारा संसारमा लागि रहेको छ मर्ने मरिरहेका छन् लौन केही राहतका प्याकेज पठाइ दिनुपर्यो रोगले हैन भोकलेनै मरिने भैयोत भन्नुहुन्छ ।

आर्थिक अभावका कारण कोरोना चेकजाँच गर्न नसक्नु , कोरोना रुघाखोकी ज्वारो आउने सबैलाई चेकजाँच गर्दा कोरोना देखिन्छ भन्ने डर र भ्रम सूचनाको प्रभाव हुनु, हस्पिटलमा गएपछि हस्पिटलमा उपचारमा हेलचेकर्‍याइ हुन्छ र मरिन्छ जस्ता संका र भ्रम, हस्पिटलमा खाना बिमारीले उचित प्रकारको पाइन्न भन्ने चिन्ता र डर, दिनानुदिन हस्पिटलमा अक्सिजन नपाइनु बेडको समस्या, हस्पिटलमा अक्सिजन नमाएर कोरोना पीडित मरे जस्ता कुरा आमसञ्चारमा प्रचार बाट पनि त्रसित भएर यसै मरिने उसै मरिने हामी गरिबलाई कस्ले वास्ता गर्छ र ? भन्ने विषय सम्बन्धित निकाय सङ्गको अबिस्वास्नियता को कारण पनि जे जे हुन्छ घरमै बस्ने हो भन्ने निश्चयता आम गरिव असाहय र सुकुम्बासीहरुले गर्ने गरेको र आफ्नै मन खुसीमा आत्माबलका साथ एकाअर्का बीच उत्साह दिने खेल्दै रम्दै रमाउदै खाइसार लाइसार मरेपछी लम्पसार भन्ने उखानलाइ आत्मसात गरेझैं बिन्दास बन्न बाध्य भएका हुन प्राय भन्ने गर्नुहुन्छ कोरोना लाई जित्तै गएका छौ।अब खानापो कसरी खाने र बालबालिका बचाउने ? उहाँहरुको कथा यस्तो छ ।

छिमेकी मुलुक भारतमा जसरी कोभिड-१९ को दोस्रो लहरले तहसनहस बनायो त्यसैगरी नेपालमा कोरानाभाइरसका कारण महामारीको रूपमा लिएकै छ । खासगरी मानवको घना बस्तीमा फैलने र सबैलाई कष्टकर बनाउने गरेको छ यसबाट बच्न सकेसम्म अलगअलग बस्ने मनमा डरत्रास हटाइ सावधानीपूर्वक एकाअर्का देखि टाढा रहने कोरोनाको नियन्त्रण र रोकथामका उत्तम उपाय हुन् ।

छिमेकी मुलुक भारतको महाराष्ट्रबाट फैलिएको कोभिड-१९ को दोस्रो लहरले देशको पूर्व, दक्षिण र पश्‍चिम तीन वटै दिशामा भारतसँगको खुला सिमानाका कारण आवागमनमा सहजता भएको र यसको प्रभाव देशका सबै भुभागमा परेकोछ भने काठमाडौं उपत्यकाको करिब करिब ७८ वटा स्थानमा रहेका विभिन्न मजदुरी गर्दै परिवार पाल्दै भुमिहिन सुकुम्बासीका रूपमा झन्डैझन्डै एकलाख पचास हजार मानिस बसोबास गर्दै आएका छन् ।

यी सबै बस्तीमा भुसको आगो जस्तै कोरोना महामारीले छोएको छ र छुनेवाला छ यस तर्फ नत सरकारको ध्यानाकर्षण भएको छ न सरोकारवालाको ध्यानाकर्षण ? आम नागरिकको गाँस बाँस कपास स्वास्थ्य शिक्षा रोजगारको ग्यारेन्टी गर्ने दाइत्व सरकारले लिनुपर्छ कारण सरकार त्यसैको निम्ति सरकार र जनताले त्यसैको निम्ति बनाएका हुन चुनेका हुन् जिताएका हुन् तर कोरोनाको महामारीको पहिलो चरणमा कम्तीमा पाँच किलो चामल दिन भ्याएको नेपालको संघीय र स्थानीय सरकारले दोस्रो चरणको कोरोनाभाइरसको महामारी रोकथाम तथा नियन्त्रणको लकउन गरेको एक महिना पुगि सक्दा राहतका कुनै योजना छैन । गरिब सुकुम्बासी असाहय रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेको स्थानीय सुकुम्बासीहरु बताउँछन् ।

यता नेपाल सरकारले भने क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्ड, २०७६ तथा असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलब्ध गराइने राहतसम्बन्धी न्यूनतम मापदण्ड, २०७६ र कोभिड-१९ को कारण प्रभावित क्षेत्रको लागि राहत सुविधा प्रदान गर्ने कार्ययोजना, २०७६ तर्जुमा गरी स्थानीय तहलाई कार्यसम्पादन गर्न सहजीकरण गरिरहेको भनेको भएता पनि गरिव असाहय सुकुम्बासीहरु रोगले भन्दा पनि भोकले मरिने चिन्तामा छटपटी रहेका छन् ।

काठमाडौं लगायत देशका विभिन्न स्थानमा सुकुम्बासीका रूपमा करिब ९० लाख नागरिक सुकुम्बासीका रूपमा बसोबास गर्ने गरेका छन् भने अधिकांश सुकुम्बासीहरु खोला किनार, नहर र शहरका कुनाकप्चामा बसोबास गर्दै ज्याला मजदुरी गर्दै आएका छन् । यस्ता बस्तीमा भने गासबास कपास शिक्षा स्वास्थ्य रोजगारको लागि सरकारले विशेष प्याकेजको बेवास्ता गर्नुपर्ने र यो महामारीमा उच्च सतर्कता अपनाएर कोरोना संक्रमणको सुरुवात देखिनै यस्ता छेत्रको पहिचान गर्दै संक्रमणविरूद्ध जनचेतना अभियान सञ्चालन गर्ने, राहतका प्याकेज ल्याउने, क्वारेन्टिन निर्माण, आवश्यक उपकरण र औषधि तथा खाद्य सामग्रीको समेत व्यवस्था गर्नुपर्ने थियो ।

यसरी जनता ज्यान धनको सुरक्षाको ग्यारेन्टी गर्छु भनेर सरकारको नेतृत्वमा पुगेका व्यक्ति नै यो महामारी चलिरहेको बेला सत्तामा कसरी पुग्ने र आफ्नो सरकार कसरी जोगाउने भन्ने दौडमा रहता आम जनताले राहत हैन आहात पाएका छन्, सरकारमा पुगेका व्यक्ति सत्ता र शक्ति जोगाउनु र को पुग्ने भन्ने अत्यन्तै घिणिय खेलमा लालहित भै अलमलिएको कारण देशमा महामारी फैलिँदै जाँदा संक्रमित, शंकाष्पद संक्रमित र तीनका परिवारका सदस्य नराम्रोसँग आहत भोग्न बाध्य छन्, बेसहाराजस्ता भएका छन्, अर्थात एउटा अभिभावक गुमाएका टुहुरा बालबालिका जस्ता भएका हुन र गरिव असाहय सुकुम्बासी हरु भन्दैछ्न रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा पुगेकाछौं भोकै मरिने भैयो ।

दोस्रो चरणको कोभिड-१९ को महामारी दैनिक झन्डै दुई सयको हाराहारीमा नेपाली जनता कोरोनाका कारण मरिरहेका छन् भने करिब करिब नौ हजारको हाराहारीमा संक्रमित बढीरहेका छन् । हजारौं आइसियु र सयौं भेन्टीलेटरमा उपचाररत छन्, त्यस्तै कोरोनाकै महामारीलाई नियन्त्रण गर्ने भनेर गरिएको लकडाउनबाट बेरोजगार बनेका दैनिक जसो रोजगारी गरेर बिहान बेलुकी छाकटार्दै आएका लाखौं मजदुरहरु रोगले भन्दा पनि भोकले मर्ने अवस्थामा सरकार वा कोही कसैले राहत ल्याइदिन्छन्की भनेर आशामा प्राण धान्न बाध्य छन् ।

यस्तो अवस्थामा काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भने दोस्रो चरण प्रतिनिधिसभा विघटन गरेका छन् पहिलो चरणको विघटन प्रतिपक्षी दलको आन्दोलनले पुनर्गठित संसद पुन दोस्रो चरण भंग गरेका उनलाई प्रतिपक्षी दलले आन्दोलन गर्न नदिन दोस्रो चरणको कोरोनाले उनलाई साथ दिएझै भएको छ । र कोरोना संक्रमण तीब्र रूपमा भएको भन्दै निषेधाज्ञामा कडाइ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धनले मोर्चाबन्दी गरिरहदा सरकारका विरुद्ध हुनसक्ने सम्भावित आन्दोलन रोक्न सडकमा आवागमनमा कडाइ गर्न खोजेको आन्कलन सहजै गर्न सकिन्छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आफ्नै पार्टी नेता समेत विपक्षी गठबन्धनसँग मिलेर सांसदहरुको हस्ताक्षर सहित सर्वोच्च अदालतमा रिट दर्ता गरेपछी प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको विषयमा हुने आन्दोलनलाई प्रभावित पार्ने रणनीति स्वरुप स्वास्थ्य संकट लगाइ निषेधाज्ञालाई कडाइ गरेकाहुन भन्ने आंकलन सहजै गर्न सकिन्छ ।

प्रधानमन्त्री ओलिले आफू प्रधानमन्त्रीका लागि बैशाख २७ गते विश्वासको मत लिन संसदको बैठक बोलाएका थिए तर प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले अविश्वासको पक्षमा मत हाले पछी उनी एक महिना कामचलाउका सरकारका प्रधानमन्त्री र एकमहिना भित्रमा विश्वासमत लिनुपर्ने थियो तर एक हप्ता बित्तानबित्तै प्रधानमन्त्री ओलिले जेठ ६ गते संविधान २०७२ को धारा ७६ (५) को प्रधानमन्त्री बनाउन राष्ट्रपतिसँग सिफारिस गरे जसमा नेपाली कांग्रेसका शेरबहादुर देउवा र स्वयं केपि ओलिको समेत प्रधानमन्त्रीमा दाबेदार भए तत्पश्चात दुबैजनाको दानेदारी नपुगेको भन्दै जेठ ७ गते मध्य राति प्रतिनिधिसभा विघटन गरिएको थियो ।

प्रतिक्रिया