justnep single

क्रिकेटर पारस खड्कालाई कोरोना संक्रमण

admin

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएको छ। उनले आफूलाई हिजोदेखि स्वाद थाहा पाउन छाडेको उल्लेख गर्दै आजै दिएको स्वाब रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन्।

शुक्रबार बिहानै गरिएको परीक्षणको रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक सञ्‍जालबाट दिएका हुन्। ‘आज बिहान मलाई कोरोना पुष्टि भएको छ’, उनले भनेका छन्, ‘अहिले म चिकित्सकहरुको निर्देशन अनुसार आवश्यक स्वास्थ्य मापदण्डसहित होम आइसोलेसनमा रहेको छु।’

कोरोना संक्रमण भएसँगै चितवनमा निर्माणाधीन रंगशालामा हुन लागेको गौतम बुद्ध क्रिकेट म्याचमा पनि उनी सहभागी हुन नपाउने भएका छन्। उनले गौतम बुद्ध क्रिकेट प्रतियोगिताको सफलताको कामना गरेका छन्।

प्रतिक्रिया