justnep single

चलचित्र ‘मालिका’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

रिता घिसिंग

काठमाडौँ : रेखा फिल्मसको पछिल्लो फिल्म ‘मालिका’को ट्रेलर सार्वजनिक गरिएको छ । असोज १६ गतेलाई प्रदर्शन मिति तय गर्दै शुक्रबार मालिकाको ट्रेलर सार्वजनिक गरिएको हो ।

सामाजिक रुपान्तरण र मुलुकको समसामयिक चासोको मुद्दा उठाइएको ‘मालिका’ लाई रेखा थापा आफैंले निर्देशन गरेकी छन् । फिल्ममा उनलाई जाजरकोटकी कमला ओलीले साथ दिएकी छन् । जाजरकोटकी कमला फिल्म क्षेत्रमा नजोडिएकी र फिल्मप्रति अनविज्ञ किशोरी हुन् ।

गहन विषयको मालिका ट्रेलरमा दमदार डायल छन् । आफन्त तीन होइनन् जो तिमी रोएको बेला आउँछन्, आफन्त ती हुन् जसले तिमीलाई रुन दिदैनन्, डरको आँखामा यसरी आँखामा आँखा जुधाएर हेर ताकि डरपनि तिमीसँग डराएर हेरोस् जस्ता संवाद वजनदार लाग्छन् ।

&nbsp

प्रतिक्रिया