छानबिन शुरु भएपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले दिए पदबाट राजीनामा

admin

काठमाडौं, ८ भाद्र : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिनुभएको छ ।सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा विवादमा मुछिएपछि साउदले पदबाट राजीनामा दिनुभएको हो ।

राजीनामापछि पत्रकार सम्मेलन गर्दै साउदले सरकारले छानबिन समिति गठन गरेको र त्यसलाई सघाउन पदबाट राजीनामा दिएको बताउनुभयो । उहाले आफ्नो कार्यकालमा पुँजीबजारमा धेरै सुधारको काम गरेको र कोशेढुङ्गा सावित भएको दावी गर्नुभयो ।

आफूले आफ्नो श्रीमतीको नाममा सूचीकृत नभएको सेयर खरिद गरेको स्वीकार्दै उहाले नेपालको कानुनले नेप्से सञ्चालकले त्यस्तै सेयर किन्न नपाउने कुनै कानुनमा नभएको बताउनुभयो । आफ्नो प्रकरणपछि नियम कानून परिमार्जन गर्नुपर्छ की भन्ने महशुस भएको उहाको भनाई छ ।

यसअघि सेयरमा प्रकरणमा मुछिएका साउद र नेपाल धितोपत्र बोर्ड अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरी छानबिन गर्न प्रतिनिभिसभा अन्तर्गतको अर्थ समितिले सरकारलाई निर्देशन समेत दिएको थियो भने मन्त्रालयले छानबिन समिति पनि गठन गरी छानबिन गरिरहेको छ ।

प्रतिक्रिया