justnep single

जन्ती बोकेको ट्याक्टर दु’र्घटना, पाँच जना गम्भीर घा’इते

admin

सिन्धुली : मदन भण्डारी राजमार्गअन्तर्गत हरिपुरगढी गाउपालिका–५ सिम्राख डाँडामा जन्ती बोकेको ट्याक्टर दु’र्घटना हुँदा २३ जना घा’इते भएका छन्। घा’इतेमध्ये ५ जनाको अवस्था ग’म्भीर छ।

गम्भीर घा’इते ५ जनालाई मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनको पहलमा थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टर पठाइएको मरिण गाउँपालिका–२ का वडाअध्यक्ष चन्द्रनाथ गौतमले जानकारी दिए।

मरिण गाउँपालिका–२ पाङ्ग्रेबाट हरिहरपुरगढी गाउँपालिकामा बेहुली लिन गएको ट्याक्टर दु’र्घटना भएको हो। बेहुला अर्काे ट्याक्टरमा रहेकाले उनी सकुशल छन्।

ट्याक्टर दु’र्घटना के कारणले भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यलय सिन्धुलीले जनाएको छ। अन्य घा’इतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रतिक्रिया