टोलटोलमा कोरोना नियन्त्रणकाे अभियान चलाउन पालिकाहरुलाई सरकारको आग्रह

admin

काठमाण्डाै, असोज १७ : स्वास्थ्य मन्त्रालयले सबै वडाका टोलटोलमा कोरोना नियन्त्रण तथा रोकथाम अभियान सञ्चालन गर्न पालिकाहरुलाई अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले समुदायस्तरमा स्वास्थ्य चेतना अभिवृद्धिका लागि विशेष भूमिका खेलिरहेका महिला स्वास्थ्य स्वयंसेविका तथा पालिका स्तरमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई सहभागी गराएर चेतनामुलक अभियान सञ्चालन गर्न अनुरोध गर्नुभयो ।

कोरोना महामारी २१औं शताब्दीका लागि कडा चुनौती भएर संसारभरि फैलिरहेको भन्दै डा. गौतमले यसबाट सुरक्षित रहने प्रमुख उपाय खोप भएको बताउनुभयो ।

तर खोप नआउञ्जेल मास्क लगाउने, दूरी कायम गर्ने, हात धुने तथा स्यानिटाइजर प्रयाग गर्नु नै रहेको भन्दै प्रवक्ता गौतमले टोलटोलमा यो जानकारी पुर्‍याइ सावधानी अपनाउन प्रेरित गर्न स्थानीयस्तरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले स्थानीय स्तरका सबै स्वास्थ्य संस्थाले सामुदायिक स्वास्थ्यका कार्यक्रम बनाउँदा कोरोना सङ्क्रमणबाट बच्ने उपायलाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो ।

प्रतिक्रिया