justnep single

तीन वर्षदेखि पार्टीमा लागेकाे खिया हटाइरहेका छाैँ : माधव नेपाल

admin

काठमाडौं, ७ चैत : नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा तीन वर्षदेखि लागेको खिया हटाउने प्रयास आफूहरुले गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल-खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई शनिबार काठमाण्डौमा सम्बोधन गर्दै नेता नेपालले तीन वर्षदेखि पार्टीमा खिया लागेको र आफूहरुले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो ।

पूर्ववत् रुपमा रहेका पार्टीका सबै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भइरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – “तीन बर्षसम्म सबै तिर काई लागेको थियो, खिया लागेको थियाे, हामी विस्तारै हटाउँदैछौँ । गन्हाएको थियो मुख । अब फेरि ब्रसिङ गरेर दाँतले हामी फ्रेस एअर दिनेछौँ । सफा र स्वच्छ वायुको साथसाथ प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ ।”

यसरी दाँत सफा गरेर आएकाे वायुलाई उहाँले माक्सवादको विचार भन्नुभएकाे छ । जसरी शरिरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिने भन्दै उहाँले त्यो विचारले उर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्ने बताउनुभयो । ​

प्रतिक्रिया