justnep single

थप १४२ जना जनामा संक्रमण पुष्टि, २३३५ सक्रिय संक्रमित

admin

काठमाडौं, २१ माघ : बुधबार देशभर एक सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ४२ जनालाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७१ हजार चार सय ३१ पुगेको छ । बितेको २४ घण्टामा दुई सय ६ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६७ हजार ६५ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले सक्रिय संक्रमितको संख्या दुई हजार तीन सय ३५ रहेको छ । अहिलेसम्म २० लाख ८१ हजार ६ सय ९५ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया