justnep single

थप ३६२ मा कोरोना संक्रमण, ६९९ भए निको

admin

काठमाडौं, पुस २५ : पछिल्लो २४ घण्टामा ३ सय ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६२ जनामा कोरोना पुष्टि भएको हो।

यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार ५ सय २१ पुगेको छ। पछिल्लो २४ घण्टामा ६ सय ९९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार ९२८ पुगेको छ।

त्यस्तै, यसको संक्रमणबाट थप ६ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या एक हजार ९ सय १२ पुगेको छ।

प्रतिक्रिया