justnep single

थप ७२२ जनामा संक्रमण, ज्यान गुमाउनेको संख्या १७ सय ९८ पुग्यो

admin

काठमाडौं, ७ पुस : मंगलबार नौ सय ६६ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या दुई लाख ४५ हजार सात सय नौ पुगेको छ । बितेको २४ घण्टामा सात हजार जनाको पीसीआर परीक्षण गरिएकोमा सात सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ५५ हजार दुई सय ३६ जनालाई कोरोनाको संक्रमण भएको छ । यस्तै बितेको २४ घण्टामा तीन जनाको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ सय ९८ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या सात हजार सात सय २९ रहेको छ ।

प्रतिक्रिया