देश र नागरिककाे सेवाबाहेक मेराे अरू कुनै जागिर छैन : केपी ओली

admin

काठमाडौं, ४ भाद्र : नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै काम नभएको बताउनुभएको छ ।

आज शुक्रवार काठमाण्डाैकाे चन्द्रागिरि हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र नागरिककाे सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको स्पष्ट पार्नुभयो ।

उहाँले जसले चाहे पनि आफूलाई सदुपयोग गर्न सक्ने बताउनुभयो । जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया