justnep single

नेकपाले सभामुख चुन्यो, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ?

admin

काठमाडौं, १० चैत : नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने ? भनेर प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद अधिकारीले ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने गरेको भए पनि नेकपा एमालेदेखि सातो गएको उनको भनाइ छ । लोकतन्त्रको कुरा गरे पनि चुनावमा जान डराएको पनि उनले बताए ।

आफैँ भत्ता बढाउन माग गर्नेहरूले प्रधानमन्त्री समर्थक सांसदले माग गरेको भनेर प्रचार गरिएको उनको भनाइ छ । सांसद अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने भन्दै अविश्वास प्रस्तावमार्फत हटाउन चुनौतीसमेत दिएका छन् । साथै उनले सभामुख समेत नेकपाबाट निर्वाचित भएको बताउँदै अब उपसभामुख कुन दलबाट कुन नैतिकताले खोज्ने भन्दै प्रश्न गरे ।

उनले भने, ‘नैतिकता कता गयो कसरी खोज्ने ? सभामुख महोदय तपाई निर्वाचित हुँदा नेकपा थियो अब उपसभामुख चुन्ने हो भने दलीय सहभागिता कसको भन्ने अनि नैतिकता कसले कसलाई सिकाउने, आफैं भत्ता बढाउन माग गर्ने अनि प्रधानमन्त्री समर्थित सांसदले माग गरे भने प्रचार गराउने नैतिकता के हो कसले कसलाई पढाउने ?’ उनले चुनावमा जान खुट्टा कमाउनेहरूले नै लोकतन्त्रको बाजा बजाएको आरोप समेत लगाए ।

प्रतिक्रिया