justnep single

नेकपा प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झ’डप

admin

सर्लाही, २६ पुस : सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झ’डप भएको छ । आइतबार बिहान चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले स्थानीय लेथ मेसिन सञ्चालक ७० वर्षीय रामदिनेश साहलाई कु’ट’पि’ट गरेपछि दोहोरो झडप भएको हो ।

झ’डपमा स्थानीय लेथ मेसिन सञ्चालक रामदिनेश साह, चक्रघट्टा गाउँपालिकाका कार्यालय सहयोगी ३५ वर्षीय दिनेश राय, नेकपा कार्यकर्ता स्थानीय रन्जित अधिकारी, जयप्रकाश यादव र नविन यादव घाइते छन् । घाइतेको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

कांग्रेस कार्यकर्ताहरूले गाउँपालिकाको ना १ झ १७०० नम्बरको जीप, ६ वटा मोटरसाइकल र कार्यालयमा समेत तो’ड’फो’ड गरेको गाउँपालिकाले जनाएको छ । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले बताए ।

नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि पटक-पटक आक्रमण गरेको कारण गाउँलेले उनीहहरूमाथि प्रतिकार गरेको नेपाली कांग्रेसका नेता कृष्णदेव यादवले बताए । नेकपा कार्यकर्ताको कु’टाइबाट आफ्ना केही कार्यकर्ता घाइते भएको उनको भनाइ छ । 

प्रतिक्रिया