justnep single

नेकपा युवा संगठनद्वारा ‘संसद् विघटन’विरुद्ध देशभर प्रदर्शन

admin

काठमाडौं, ५ पुस : नेकपाको भ्रातृ संगठन राष्ट्रिय यूवा संघ नेपालले संसद् विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोध गर्दै, संघका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सो कदमको विरोधमा सडकमा उत्रिन युवाहरुलाई आग्रह गरेका छन् ।

प्रधामन्त्रीको असंवैधानिक कदमविरुद्ध राष्ट्रिय युवा संघ नेपाले देशभर विरोध प्रर्दशन गर्ने र आइतबार दिउँसो ३ बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने उनले बताए । उनले भने, ‘संसदीय सर्वोच्चता र जनताको अभिमतको अपमान हो । प्रधानमन्त्रीको यो कदमलाई संघर्ष गरेर सडकबाट फिर्ता गरिन्छ । अर्को उपाय भनेको कानूनी बाटो खोजिन्छ । ओलीलाई यहाँभन्दा थप निरङ्कुश हुन दिनेछैनौँ ।’

आइतबार नै नेकपा निकट अनेरास्ववीयूले पनि माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि पार्टीभित्र तथा बाहिरबाट चौतर्फी विरोध भइरहेको छ ।

प्रतिक्रिया