justnep single

नेता नेपालले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्लान् त ?

admin

काठमाडौं, २४ फागुन : वरिष्ठ नेता माधवकुमार नेपाल अब नेकपा एमालेका सांसद भएका छन् । उनी एमालेका वरिष्ठ नेता पनि हुन् । स्रोतका अनुसार नेता नेपालले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने रणनीतिक कदम चाल्ने बुझिएको छ । उनी अहिले पनि ओलीको बर्हिगमनमा लागेका छन् ।

सत्ताबाट ओलीलाई हटाएपछि एमालेभित्रै शक्ति वृद्धि हुने नेपाल पक्षको बुझाई छ । कानुनी रुपमा एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि नेपाल अप्ठ्यारोमा परेका छन् । उनको साथमा रहेका सांसदहरु पनि अलमलमा परेका छन् । एमालेभित्र नेपाल अल्पमतमा छन् ।

उनीसँग पार्टी अलग गर्नका लागि आवश्यक ४० प्रतिशत सांसद संख्या पनि पुग्दैन । त्यसैले उनी एमालेमै बसेर संघर्ष गर्ने अवस्थामा पुगेका छन् । अहिले ओलीलाई हटाउन सिधै लाग्दा संसदीय दलको विधान बमोजिम ह्वीप विरुद्ध जाँदा सांसद पद नै गुम्न पुग्छ ।

त्यो चुनौती पनि नेपालसँग छ । तर, अविश्वासको प्रस्ताव आउँदा नेपाल पक्षले साथ नदिए ओली स्वतः सरकारबाट हट्न वाध्य हुन्छन् । अब नेपाल पक्षले रणनीतिक चार्तुयता देखाएर ओलीलाई सत्ताबाट हटाउने निश्चितप्रायः छ ।

नेपाल पक्षको सांसद पद खारेज गरेमा पनि ओली कमजोर हुन पुग्छन् । प्रत्यक्ष चुनाव जितेकाहरुको हकमा पुनः अर्को नाम लान सकिने अवस्था छैन । यो अवस्थाका कारण ओलीले तत्काल बाजी मारेपनि अप्ठ्यारोमा छन् । उनलाई सत्ता जोगाउन निकै ठुलो चुनौती छ ।

प्रतिक्रिया