नेपालमा कोरोना संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृ’त्यु

admin

काठमाडौं, असोज १५ : नेपालमा कोरोना भाइरस संक्रमणका कारण पहिलो पटक चिकित्सकको मृ’त्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँके खजुरा गाउँपालिकाका ५९ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृ’त्यु भएको हो ।

भदौ २९ गते संक्रमण पुष्टि भएका उनलाई श्वास फेर्न गाह्रो भएपछि नेपालगञ्जको भेरी अस्पतालमा असोज १ गते भर्ना गरिएको थियो । उनलाई प्लाज्मा थेरापी र रेमडेसिभरको समेत प्रयोग गरे पनि बिहीबार एक्कासी थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो ।

भेन्टिलेटरमै उपचाररत भएकै समयमा बिहीबार दिउँसो ३ बजेतिर मृ’त्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. रविन खड्काले जानकारी दिनुभयो । मृ’तक कर्णाली प्रदेश अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटा हुन् ।

प्रतिक्रिया