justnep single

नेपाल विद्यालय कर्मचारी युनियनको महाधिवेशन जनकपुरमा हुँदै

admin

काठमाडौं, फागुन २९ : सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको पेशागत हक अधिकारको लागि संघर्षरत नेपाल विद्यालय कर्मचारी युनियनको तेस्रो राष्ट्रिय महाधिवेशन तथा प्रदेश नं. २ को दोस्रो अधिवेशन आगामी चैत्र २ र ३ मा जनकपुरमा आयोजना हुने भएको छ ।

प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री माननीय श्री ज्ञानेन्द्र कुमार यादव ज्यूको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रमको उद्घघाटन सत्र चैत्र २ गते र बन्द सत्र चैत्र २ र ३ गते हुने जानकारी आज आयोजित पत्रकार सम्मेलनमा महाधिवेशनको संयोजक श्री सुरेन्द्र प्रसाद कानुले दिनुभएको छ ।

साथै विद्यालय कर्मचारीको पक्षमा सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन तथा कभचखष्अभ बिध को लागु गर्न समेत पत्रकार सम्मेलनमा उहाँले माग गर्नु भएको थियो ।

प्रतिक्रिया