justnep single

पत्रकार महासंघको अन्तिम मत परिणाम भोलिसम्म आउने, अझै १९ सय मत गन्न बाँकी

admin

काठमाडौं, २७ चैत : नेपाल पत्रकार महासंघको अस्ति सम्पन्न निर्वाचनको मत परिणाम भोलिसम्म आइसक्ने भएको छ । थोरै मतदाता भएका शाखाको मत परिणाम आइसकेको र कतिपय शाखाबाट आउने क्रम जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

पत्रकार महासंघको नयाँ नेतृत्वको लागि केन्द्रसहित १० वटा प्रदेश, ७६ जिल्ला शाखा, ४२ वटा प्रतिष्ठान र एसोसियटमा मतदान भएको थियो । अधिकांश जिल्ला शाखाको मतपरिणम आइसके पनि केन्द्र र प्रतिष्ठान र यसोसियटको मतगणना जारी छ ।

१३ हजारको हाराहारीमा मत खसेको मध्ये केन्द्रको १९ सय मत गन्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

यो पटक पत्रकार महासंघको निर्वाचन प्रत्यक्ष प्रणालीबाट भएको थियो । पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको निर्वाचनमा देशभरका झण्डै १३ हजार पत्रकारमध्ये ९२ प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

तीन वर्षीय कार्यकाल रहने महासंघको नेतृत्वका लागि विभिन्न संगठनसँगको गठबन्धनमा विपुल पोखरेल नेतृत्वमा एउटा प्यानल र निर्मला शर्मा नेतृत्वमा अर्को प्यानल चुनावी मैदानमा होमिएका थिए ।

त्यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्ष पदमा चुनाव लड्नु भएको थियो । जारी मतगणनामा अधिकांश क्षेत्रमा विपुल पोखरेल नेतृत्वको गठबन्धनलाई धेरै मत प्राप्त भएको छ भने विजयी हुनेमा पनि अधिकांश स्थानमा यही समूहमा रहेको छ ।

प्रतिक्रिया