justnep single

पश्चिमी वायुको प्रभावले भोलिदेखि पानी पर्ने

admin

काठमाडौं, माघ २७ : आज देशभरको मौसम समान्यतया सफा रहने जल तथा मोसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली भएपनि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

राति सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् शाक्यले बताइन्। आज बिहान काठमाडौंको न्युनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ।

यसैबिच भोलिदेखि भने पश्चिमी वायुको प्रभावले केहि पहाडी भेगमा हल्का वर्षा र हिमपात हुने भएको छ। पश्चिमी वायु प्रवेश गरी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका पश्चिमी पहाडी भू–भागमा बदली र हल्का वर्षा हुने सम्भावना रहेको छ । तीन दिनसम्म हल्का बदली भइ थोरै स्थानमा वर्षा र हिमाली भेगमा हिमपात भएपनि केहि दिन अघि जस्तै देशैभर पानी नपर्ने मौसमविद् शाक्यको भनाइ छ।

प्रतिक्रिया