justnep single

पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई

admin

काठमाडौं, ७ पुस : प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली समूहको भेलाले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको छ । ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा पार्टी प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिने सहमति भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

समग्र पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठ रहँदै आएका थिए । ‘पार्टी प्रवक्ताको नयाँ जिम्मेवारी कमरेड प्रदीप ज्ञवालीले पाउनु भएको छ’, थापाले भने । ओली समूहको बैठक सकिएको छ । यस्तै ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेका छन् ।

कुल सदस्य संख्या ११९९ रहने गरी मौजुदा संख्या केन्द्रीय कमिटीमा ५५६७ जना थप्ने सहमति भएको उनको भनाइ छ । अहिले सदस्य संख्या १ हजार ३ रहने र रिक्त १९६ पछि थप्ने गरी निर्णय भएको ओली पक्षका नेताहरुको भनाइ छ । बैठकमा मनोनित सदस्यहरुलाई अध्यक्ष ओली सपथग्रहण समेत गराएका छन् ।

प्रतिक्रिया