justnep single

पूर्वमन्त्री यादवको मृ’त्यु

admin

काठमाडौं : पूर्वमन्त्री, संविधानसभा सदस्य तथा भूमि सम्बन्धी समस्या समाधान आयोगका सदस्य दिनेशचन्द यादवको मृ’त्यु भएको छ।

कोरोना संक्रमणका कारण काठमाडौंकाे ग्राण्डी अस्पतालमा उपचाररत यादवको आज विहान चार बजे निधन भएको आयोगका प्रवक्ता भीमबहादुर कार्कीले जनाकारी दिए।

कोरोना संक्रमण भएर बाँकेबाट उपचारका लागि काठमाडौं ल्याइएका यादव केही समय अघि कोरोना मुक्त भएका थिए। ७५ वर्षीय यादवमा मुटुसम्बन्धी रोग रहेको पनि कार्कीले बताए।

यादव सत्तारुढ दल नेकपाका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री, संविधानसभाका सदस्य, हाल भूमि व्यवस्थापन तथा सुकुम्बासी आयोगका सदस्य तथा नेकपाको बाँके जिल्ला इन्चार्ज थिए।

प्रतिक्रिया