justnep single

प्रचण्डको कदम पश्चात रिसाए मन्त्री साह, दिए यस्तो सन्देश

admin

काठमाडौं, २५ चैत : नेकपा (माओवादी केन्द्र) ले दल त्यागको सूचना पठाएका मन्त्री प्रभु साहले पार्टीले कारबाही गर्नु निरङ्कुशताको पराकाष्ठा भएको बताएका छन् । कारबाहीपछि पहिलो पल्ट मुख खोल्दै साहले जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशता भएको बताएका छन् ।

“आफू चुनाव जित्नलाई नेकपा एमालेसँग एकता, सहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेहरूले हामी साझा घोषणा–पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउँदैन,” उनको जिकिर छ ।

निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसद्लाई पंगु बनाउने यो खेलले आफूलाई कथित संसद पुनःस्थापनाको पक्षधर बताउनेहरू आज फेरि ‘नांगै’ भएको उनको ठहर छ ।

प्रतिक्रिया