प्रचण्डले गरेको भ्रष्टाचारको फाइल खोल्न कमल थापाकोे माग

admin

काठमाडौं, ४ भाद्र : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर आफ्नो असन्तुष्टि पोखेका छन् । प्रचण्डले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशको बचाउ गरेका थिए ।

दाहालले काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यादेश लोकतन्त्र, संविधान र व्यवस्था बलियो बनाउन ल्याईएको जिकिर गरेका थिए । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले भने दाहालको उक्त अभिव्यक्तिप्रति असन्तुष्टि पोखेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत प्रचण्डको भनाई प्रति असन्तुष्टि जनाएका हुन् । उनले भ्रष्टाचारको फाइल खोल्न पनि माग गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्,‘हामीले मान्छे मारेको लोकतन्त्र ल्याउन, हाम्रो अध्यादेश लोकतन्त्र बलियो बनाउन, एमाले र जसपा फुटाएको संविधान जोगाउन । हाम्रा विरोधी प्रतिगामी र दलाल हुन्, लडाकु भत्ता भ्रष्टाचारको हिसाब माग्ने शान्ति सम्झौता विरोधी हुन्’ यस्ता मान्यता राख्नेलाई महान ठान्ने हाम्रो नागरिक समाज! विडम्वना!’

प्रतिक्रिया