justnep single

नौं एजेण्डासहित प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु, नेपाललाई नेकपा अध्यक्षमा प्रस्ताव

admin

काठमाडौं, ७ पुस : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । राजधानीको कार्की ब्याङ्केटमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा रहेका कार्यकारी अध्यक्ष प्रचण्डसहित नेपाल, झलनाथ खनाललगायत नेताहरूसँगै केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश हुनेछ । बैठकअघि ओली इतर समूहको स्थायी समिति बैठक समेत बसेको थियो । मंगलबार नै ओली समूहको केन्द्रीय समिति बैठक पनि बसेको थियो । सो बैठकले केन्द्रीय समिति विस्तार गर्नेसहितका विभिन्न निर्णय गरेको छ ।

प्रचण्ड-माधव नेपाल समूहको केन्द्रीय समिति बैठकका विभिन्न नौं एजेण्डा तय भएको छ । यस्तो रहेको छ राजधानीको कार्की ब्यांकेटमा भएको बैठकका एजेण्डा :-

–आन्तरिक समस्या समाधानबारे प्रस्ताव
–आन्तरिक पार्टी विवाद र विकसित राजनीतिक घटनाक्रमका बारेमा अध्यक्ष र अन्यको सम्बोधन
–अनुशासनको कारवाही
–अनुशासनको कारवाहीबारे आवश्यक निर्णय भइसकेपछि नेतृत्वकातर्फबाट विचार व्यक्त
– कार्ययोजना र कार्यक्रम
– विरोध कार्यक्रम
–संगठनात्मक कार्ययोजना
–कृष्ण बहादुर महरालाई स्थायी कमिटी सदस्यमा मनोनयन
– अन्य समसामयिक प्रस्तावहरु

माधव नेपाललाई नेकपा अध्यक्षमा प्रस्ताव, ओलीलाई हटाउने
नेकपाभित्रको केपी ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । मंगलबार कार्यकारी अध्यक्ष प्रचण्डसहितको ओलीतिर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन् ।

यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको निर्णयअनुसार कार्यकारी अध्यक्षको प्रावधान राखिएको छैन ।

प्रतिक्रिया