justnep single

प्रचण्ड-नेपाल समूहद्वारा प्रधानमन्त्रीलाई संविधान र विरोधपत्र पठाइयो

admin

काठमाडौं, २४ पुस : प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई संविधानको पुस्तक र विरोधपत्र पठाएको छ ।

नेकपा प्रचण्ड-माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान-२०७२ पठाएको हो ।

संविधानको पुस्तक पठाउन नेताहरू प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्धमा सङ्घर्ष गरौँ लेखिएको ब्यानरसहित काठमाडौं जिल्ला प्रशासन कार्यालय बबरमहल पुगेका थिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाडौं जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ ।

नेकपा काठमाडौं जिल्ला कमिटीका इञ्चार्ज सावित्रा भुसालले केन्द्रीय सङ्घर्ष समितिको आयोजनामा प्रधानमन्त्री ओलीलाई विरोधपत्र र नेपालको संविधान बुझाइएको बताए ।

प्रतिक्रिया