प्रदेश ५ : राजधानीबारे प्रदेश सभामा मतदान हुँदै

admin

बुटवल, २० असोज : प्रदेश ५ को राजधानी र नामा‌ंकनबारे मंगलबार प्रदेश सभामा मतदान हुँदैछ । मतदानका लागि मंगलबार प्रदेश सभाको बैठक बस्दैछ । सरकारले शुक्रबार प्रदेश सभामा प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव पेश गरेको थियो ।

प्रस्तावमाथि सोमबार प्रदेश सभामा सैद्धान्तिक छलफल सकेर संशोधनका लागि १८ घण्टाको समय दिइएको थियो । प्रदेशको राजधानी दाङ बनाउने प्रस्तावमा २ वटा नाममा एउटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेसकी सांसद पुष्पा थरुनीले बुटवललाई नै स्थायी राजधानी तोकियोस् भन्ने संशोधन प्रस्ताव दर्ता गरेकी छिन् । कांग्रेसकै अर्का सांसद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न वैकल्पिक प्रस्ताव दर्ता गराएकी छिन् ।

उनले नवलपरासी पाल्पा र कपिलवस्तु समेतलाई समेटेर राजधानी तोक्नुपर्ने प्रस्ताव गरेकी छिन् । प्रदेशको राजधानी सार्ने विषयलाई लिएर सोमबार प्रदेश सभामा कांग्रेस सांसदले कुर्सी र माइक भाँचेपछि तनाव भएको थियो ।

प्रतिक्रिया