justnep single

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच सर्वोच्चमा भेटवार्ता

admin

काठमाडौं, १० फागुन : प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् । जबराले बोलाएपछि दुवैबीच एक घन्टाभन्दा बढी सर्वोच्च अदालतमा पुगेर भेटेवार्ता गरेका छन् ।

अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने त्यति खुलाइएको छैन । विश्वस्त स्रोतका अनुसार जबरा र थापाबीच देशको पछिल्लो घटनाक्रमबारे विशेष कुराकानी भएको जानकारी छ । तर, भेटको मुख्य विषय भने सर्वोच्च अदालतको ५ अर्ब लागतको भवन निर्माणसम्बन्धी विषय थियो ।

नेपाली सेनाको क्याप्लरी रहेको सिंहदरबारस्थित खाली जग्गामा सर्वोच्चले भवन बनाउन लागेको छ । यसबारे कुरा मिलाउन प्रधानन्यायधीश जबराले प्रधानसेनापति थापालाई बोलाएका थिए । सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

यस्तै सर्वोच्च अदालतको भवन निर्माणसम्बन्धी प्राविधिक प्रस्तावबाट समानान्तर जेभी छनोट भई आर्थिक प्रस्ताव पेश गर्न भनिएको छ । अब १६ फागुनमा समानान्तरलाई ठेक्का दिने गरी खोलिदैछ । यसैगरी, सेनाले फाष्ट ट्रयाकको दुईवटा प्याकेजको ठेक्काको प्राविधिक प्रस्तावबाट दुईवटा चिनियाँ कम्पनी छनोट गरेको छ । आर्थिक प्रस्तावका लागि आव्हान गरिसकिएको छ ।

प्रतिक्रिया