प्रधानमन्त्रीका चारजना सल्लाहकारलाई कोरोना संक्रमण

admin

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका चारजना सल्लाहकारलाई कोरोना संक्रमण भएको छ। शनिबार आएको रिपोर्ट अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि कोरोना संक्रमण भएको हो।

काठमाडौं उपत्यकामा तीव्र गतिमा कोरोना फैलिरहँदा उच्च पदस्थहरु पनि संक्रमित हुन थालेका हुन्। चारैजनाले सामाजिक सञ्‍जालमार्फत आफूहरुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

प्रतिक्रिया