justnep single

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : नारायणकाजी श्रेष्ठ

admin

काठमाडौं : नेकपा पुष्पकमल दाहाल प्रचन्ड–माधव कुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गर्ने फैसलापछि प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले असंवैधानिक र प्रतिगामी कदम चाल्ने प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए।

अदालतको फैसलाले लोकतन्त्र र संविधानको जित भएको भन्दै श्रेष्ठले फैसलाले देश, संविधान र लोकतन्त्रको रक्षा गरेको बताए। ‘हामीहरुको आन्दोलनको पहिलो लक्ष्य पूरा भएकाले अब समीक्षा गरेर अघि बढ्छौ’ श्रेष्ठले भने,‘अब संसद् बैठक बसेर संसदीय प्रक्रियाअनुसार अघि बढ्नुपर्छ।

प्रतिक्रिया