justnep single

प्रधानमन्त्री ओलीले संसद्लाई कामविहीन बनाए, प्रश्नबाट छल्न बैठक स्थगित : नेता थापा

admin

काठमाडौं, १० चैत : नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को घोर अपमान गरेको बताएका छन् । प्रतिनिधि सभा बैठकको शून्य समयमा थापाले आफूले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम ठिक थियो भन्ने देखाउन संसद्लाई कामविहीन बनाएको आरोप लगाए ।

ओलीले संसद्को अपमान गरेको र नागरिकको मतको अपमान गरेको तर संसदभित्र बसेर गरिमा जोगाउन डटेर लड्ने थापाको भनाइ छ । नेता थापाले अहिलेको सरकार रहुञ्जेल संसदको अपमान, उपेक्षा, तिरस्कार गर्ने काम अझै बढ्दै जाने बताए ।

उनले प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिने बताउँदै आफ्नो ठाउँबाट संसद्को गरिमा कायम गर्नका निम्ति लड्ने उल्लेख गरे । जनताको अपमानको यथोचित समयमा जनताले हिसाब-किताब गर्ने उनको भनाइ छ । उनले संसदभित्र बसेर यसको गरिमा जोगाउन आफ्नो ठाउँबाट डटेर लड्न आह्वान समेत गरे ।

‘कहिले प्रश्नबाट छल्न बैठक स्थगित, कहिले पार्टीभित्रैका विरोधी तह लगाउन संसद् भङ्ग अनि अहिले प्रतिनिधि सभा भङ्ग सही थियो भन्ने देखाउनका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च भइरहेको छ, हामी काम गर्न तयार छौँ, ए’सिड आ’क्रमणकारीलाई कारबाही गर्न विधेयक ल्याउन दिएनन् भन्ने तर एउटा विधेयक पनि नपठाउने । जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार र अपमान गर्ने काम बढ्दै जान्छ, किनकि प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनु छ’, थापाले भने ।

प्रतिक्रिया