justnep single

प्रधानमन्त्री बन्‍न लालयित छैन, टाउकोमा आए भाग्‍दिनँ : देउवा

admin

चितवन, ७ चैत :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्नकै लागि लालयित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताएका छन्।

गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसको अवसरमा कांग्रेस केन्द्रीय तरुण विभागको आयोजनामा चितवनमा भएको युवा तरुण जागरण अभियानलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।

उनले भने, ‘प्रधानमन्त्री बन्न लालायित छैन टाउकोमा आयो भने भाग्ने वाला नि छैन।’ कार्यक्रममा सभापति देउवाले जनता नै सबैभन्दा ठूला मालिक भएका र सम्पूर्ण फैसलाको अधिकार पनि उनीहरूसँगै भएको पनि स्पष्ट पारे।

त्यसका लागि पार्टीको आन्तरिक मतभेदलाई त्यागेर कार्यकर्ताहरूलाई अघि बढ्न पनि सुझाव दिए। कांग्रेस मिलेर गएमा अबको चुनावमा कांग्रेसलाई दुईतिहाइ ल्याउन कसैले रोक्न नसक्ने पनि उनले दाबी गरे

कार्यक्रममा उनले पार्टीले जनताको मन जित्न कार्यकर्ताहरूलाई जनताको घर-घरमा पुग्न, सुखदुखमा साथ दिन तथा जनताको काम गर्न पनि अह्राए। नेता कार्यकर्ताले कम्तीमा पनि वर्षको तीनपटक जनताको घरमा जानुपर्ने अनि मात्र जनताले पार्टीलाई चुनावमा जिताउने उनले विश्वास व्‍यक्त गरे।

प्रतिक्रिया